चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा सात वटा बैंकको नाफा घटेको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ३.८२ प्रतिशतले घटेर एक अर्ब ४६ करोडमा सीमित भएको छ। गत वर्ष यही अवधिमा यो बैंकले एक अर्ब ५२ करोड नाफा कमाएको थियो।
माछापुच्छ्रे बैंकको नाफा ७.१९ प्रतिशतले घटेर ५० करोडमा सीमित भएको छ। यसअघि बैंकले ५४ करोड नाफा कमाएको थियो।
सिटिजन्स इन्टरनेसनल बैंकको नाफा ५२ प्रतिशतले घटेर १९ करोडमा सीमित भएको छ। यसअघि ४० करोड नाफा कमाएको थियो।
सानिमा बैंकको पनि नाफा १७.२६ प्रतिशतले घटेर ३९ करोड रूपैयाँमा सीमित भएको छ। यसअघि ४८ करोड रूपैयाँ नाफा भएको थियो।
हिमालयन बैंकको नाफा ३१.२२ प्रतिशत घटेर ७२ करोडमा सीमित भएको छ। यसअघि बैंकले एक अर्ब पाँच करोड नाफा कमाएको थियो।
राष्ट्रिय वाणिज्य बैंकको नाफा ८२.४० प्रतिशतले घटेर १५ करोडमा सीमित भएको छ। यसअघि बैंकले ८५ करोड नाफा गरेको थियो।
एनआइसी एसिया बैंकको नाफा करिब ९० प्रतिशतले घटेर ११ करोड पाँच लाखमा सीमित भएको छ। यसअघि एक अर्ब एक करोड रूपैयाँ नाफा भएको थियो।
यो पनि हेरौंः वाणिज्य बैंकहरूको समग्र नाफा २१ प्रतिशत बढ्यो, हेरौं सात सूचक