सिद्धार्थ बैंकको नाफा करिब आठ गुणाले बढेको छ।
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा बैंकको नाफा ३८ करोड २१ लाख रूपैयाँ पुगेको छ।
बैंकको गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा चार करोड रूपैयाँ नाफा भएको थियो।
बैंकको ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी बढेको र प्रावधान रकम घटेकोले नाफा बढ्न सहयोग पुगेको हो।
बैंकको खुद ब्याज आम्दानी एक अर्ब ९६ करोडबाट बढेर दुई अर्ब आठ करोड रूपैयाँ पुगेको छ।
बैंकले यसअघि एक अर्ब ४३ करोड प्रावधान राखेकोमा यसपटक एक अर्ब ५० लाख रूपैयाँ मात्र प्रावधान राखेको छ।
बैंकको प्रति सेयर आम्दानी एक रूपैयाँ १९ पैसाबाट बढेर १० रूपैयाँ ५४ पैसा पुगेको छ।