अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। बुधबार डलर हालसम्मकै महँगो भएको छ।
बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३४ रूपैयाँ २३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ८३ पैसा तोकिएको छ।
यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि गत शुक्रबार डलरको भाउ १३४ रूपैयाँ ८२ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा आजको मूल्य १ पैसा बढी हो।
'ट्रम्प ट्रेड'को प्रभावको कारण डलरको भाउ बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचान जित्ने विश्वास बढ्दै जाँदा डलर बलियो भएको हो।
निर्वाचन सुरू हुनै लाग्दा राष्ट्रपतिमा ट्रम्पको जितको सम्भावना बलियो मानिएको हो। उनको जितसँगै अमेरिकाको नीतिगत ब्याजदर घट्न सक्ने अनुमान गरिएको छ।
ट्रम्पको ब्यापार नीतिले डलरलाई नै सघाउने गरी त्यहाँ मूल्य वृद्धि हुने र ब्याजदर बढ्ने अनुमान गरिएको छ।