राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजत खारेज गरेको छ। यससँगै कम्पनीले अबबाट विदेशी मुद्रा सटहीको कारोबार गर्न नपाउने भएको हो।
यो कम्पनीसँग कुनै व्यक्ति वा संस्थाको लेनदेन बाँकी भए ३५ दिनभित्र राष्ट्र बैंकको विनिमय विभागमा लिखित जानकारी दिन भनिएको छ।
यो अवधिमा उजुरी नआए सेवा रेमिटको बैंक जमानत फुकुवा हुने बताइएको छ।
कम्पनीको बैंक जमानतले खामेसम्म मात्रै हिसाब मिलान गरिने समेत राष्ट्र बैंकले उल्लेख गरेको छ।