दसैं, तिहार र छठ पर्वमा वालेटमा अब ३० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ। प्रकृतिक व्यक्तिको लागि यस्तो सुविधा दिइएकोले संस्थाहरूले यस्तो सुविधा पाउँदैनन्।
राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो निर्णय गरेको हो।
दसैंको लागि असोज २१ गतेदेखि कात्तिक एक गतेसम्म र तिहार तथा छठको लागि कात्तिक १५ गतेदेखि २२ गतेसम्मको लागि यस्तो सुविधा दिइएको हो।
अन्य दिनमा भने हाल जसरी नै दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था छ।
कारोबार रकमको सीमा भने परिवर्तन गरिएको छैन।
अहिले मोबाइल वालेटबाट बैंक तथा वित्तीय संस्थामा वा बैंक तथा वित्तीय संस्ताबाट मोबाइल वालेटमा प्रतिदिन दुई लाख र प्रतिमहिना १० लाखसम्म जम्मा गर्न सक्छन्।
वालेटबाट वालेटमा प्रतिदिन ५० हजार र प्रतिमहिना पाँच लाख रूपैयाँको सीमा रहेको छ।