ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिन घोषणा गरेको छ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५.५ प्रतिशत बोनस दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १८औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने बैंकले १ प्रतिशत बोनस सेयर र कर सहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिएको थियो।