सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेको छ।
यसदिन नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा बन्द भएको छ।
सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् आइतबार छ अर्ब १३ करोडको कारोबार भएकोमा यसदिन सात अर्ब नौ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९६ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०५ वटा धितोपत्रको एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९७४ रूपैयाँ कायम भएको छ।
यसैगरी, दोल्ती पावको मूल्य ९.६८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५४४ रूपैयाँ पुगेको छ।
यस्तै, इष्टर्न हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८९७ रूपैयाँ ३० पैसामा झरेको छ।
कुमारी सबल योजनाको मूल्य ७.४० प्रतिशतले घटेको छ।
उक्त योजनाको प्रतिकित्ता मूल्य आठ रूपैयाँ ६३ पैसा कायम भएको छ।
सोमबार चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९५२ रूपैयाँमा २६ करोड २३ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.१९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९६८ रूपैयाँमा २४ करोड ११ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये यसदिन वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशतले घटेको छ।