प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रूपैयाँ सहयोग गरेका छन्।
ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन्।
कोषमा ग्लोबल आइएमई बैंकको ४ करोड ५० लाख, आइएमई लिमिटेडको २० लाख, आइजिआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख र आइएमई लाइफको १५ लाख गरी कुल ५ करोड रूपैयाँ हस्तान्तरण गरिएको छ।
बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरूको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताए।