पछिल्लो समय स्ट्याण्डर्ड चार्टर्ड बैंकले शाखा विस्तारमा तीव्रता दिन थालेको छ।
बैंकले केही दिनमै सुर्खेत र धनगढिमा शाखा विस्तार गर्न लागेको हो।
'राष्ट्र बैंकको चहाना पनि यही थियो, गभर्नर ज्यूले पनि भर्चुअल्ली कार्यक्रममा सहभागिता जनाउनु हुनेछ,' स्रोतले भन्यो।
सन् १९८७ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक संयुक्त लगानीमा सञ्चालनमा आएको थियो।
हाल बैंकमा स्ट्याण्डर्ड चार्टर्डको ७०.२१ प्रतिशत, नेपाली सर्वसाधारण र संस्थाको २९.७९ प्रतिशत सेयर स्वामित्व छ।
हाल नेपालमा बैंकका एक दर्जन शाखा कार्यालय छन्।