सोमबार र मंगलबार दुई दिनमा १६० अंक जोडेको नेप्सेले बुधबार २६ अंक गुमाएको छ।
बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा बन्द भएको छ।
आज अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।
मंगलबार सात अर्ब ६१ करोडको कारोबार भएकोमा यसदिन छ अर्ब ७७ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो।
आज ३१० वटा धितोपत्रको एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८८३ रूपैयाँ ३० पैसा कायम भएको छ।
यसैगरी, स्वरोजगार लघुवित्तको मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ९३ रूपैयाँ पुगेको छ।
यस्तै, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य तीन हजार १५० रूपैयाँमा झरेको छ।
न्यादी हाइड्रोपावरको मूल्य ९.२० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३०५ रूपैयाँ १० पैसा कायम भएको छ।
बुधबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३८७ रूपैयाँ ९० पैसामा २० करोड ७१ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८१६ रूपैयाँमा १७ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक १.७५ प्रतिशतले बढेको छ भने सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशतले घटेको छ। यस्तै दोस्रोमा होटल्स तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.७९ प्रतिशतका दरले घटेको छ।