लाइफ इन्स्योरेन्स कर्पोरेसनले एक बराबर ०.८ अनुपात (८० प्रतिशत) बराबर हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको छ।
नेपाल धितोपत्र बोर्डले असोज १४ गते कम्पनीलाई हकप्रद जारी गर्न सक्ने स्वीकृति दिएको हो।
हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६५ करोड छ।
कम्पनीले हकप्रद सेयर दिएसँगै चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ पुग्छ।
बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ।
यही कारण कम्पनीले हकप्रद दिएर चुक्ता पुँजी पुर्याउने भएको हो।
बजारमा कम्पनीको प्रति कित्ता सेयर करिब २२ सय रूपैयाँमा कारोबार भइरहेको छ।