आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
यसदिन नेप्से २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा बन्द भएको छ।
आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि घटेको छ।
बिहीबार चार अर्ब ८४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन चार अर्ब पाँच करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७९ करोड रूपैयाँ कमी आएको हो।
आज ३२७ वटा धितोपत्रको एक करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.५५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य तीन हजार ९० रूपैयाँ कायम भएको छ।
यसैगरी, कुमारी सवल योजनाको मूल्य ६.४९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९ रूपैयाँ ०२ पैसा पुगेको छ।
यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८०५ रूपैयाँ ४० पैसामा झरेको छ।
अपर हेवाखोला जलविद्युतको मूल्य ९.१७ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३५ रूपैयाँ कायम भएको छ।
आइतबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३७५ रूपैयाँमा १५ करोड ९२ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.५६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ५७० रूपैयाँमा १५ करोड ०५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.०३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।