राष्ट्र बैंकको तथ्यांकले गत साउनमा औसत मूल्य वृद्धि ४.१० प्रतिशत देखाएको छ।
गत आर्थिक वर्षको साउनमा यस्तो मूल्य वृद्धि औसत ७.५२ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारीमा १९.०७ प्रतिशत, दाल तथा गेडागुडीमा १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डामा ३.६६ प्रतिशतले मूल्य बढेको छ। मरमसलाको मूल्य २.७५ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवाअन्तर्गत विविध वस्तु तथा सेवामा ७.९४ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थमा ३.५२ प्रतिशतले मूल्य बढेको छ। बीमा तथा वित्तीय सेवामा मूल्य स्थिर छ।
ग्रामीण क्षेत्रमा मूल्य वृद्धिदर ४.२८ प्रतिशत र सहरी क्षेत्रमा ४.०३ प्रतिशत छ।
कोशी प्रदेशमा ४.६१ प्रतिशत, मधेश प्रदेशमा ४.१७ प्रतिशत, बागमती प्रदेश ३.४९ प्रतिशत, गण्डकीमा ३.९० प्रतिशत, लुम्बिनी ३.८१ प्रतिशत, कर्णाली ३.४६ र सुदूरपश्चिममा ६.६९ प्रतिशत महँगी बढेको छ।
यो पनि :
नेपालीको फेरिएको जीवनशैली अनुसार अब मूल्य वृद्धिको तथ्यांक आउने