चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मा एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको थियो।
यो अवधिमा नेपालबाट ३५ करोड रूपैयाँ बराबर रेमिटेन्स बाहिरिएको छ। यसअघिको वर्ष एक महिनामा ८३ करोड रूपैयाँ बाहिरिएको थियो।
पहिलो महिना वैदेशिक रोजगारीमा जानेको संख्यामा ७.१९ प्रतिशतले बढेको छ।
गत आवको पहिलो महिनामा भने ५५ हजार पाँच सय ७५ जनाले नयाँ र पुन: श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ५९ हजार पाँच सय ७५ जनाले यस्तो स्वीकृति लिएका छन्।