नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०६ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४९ रूपैयाँ २७ पैसा र बिक्रीमा १४९ रूपैयाँ ९४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७८ रूपैयाँ ४३ पैसा र बिक्रीदर १७९ रूपैयाँ २३ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ७२ पैसा र बिक्रीमा ९२ रूपैयाँ १३ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ३० पैसा र बिक्रीमा ९९ रूपैयाँ ७५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३२ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३२ रूपैयाँ ४५ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३९ रूपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६७ पैसा तोकिएको छ।