आइएमई लाइफ इन्स्योरेन्सले 'बेस्ट टर्म लाइफ जीवन बीमा योजना' नामको नयाँ म्यादी जीवन बीमा योजन ल्याएको छ।
सरल, किफायती र उपयोगी विशेषताहरूसहित विभिन्न पेशामा आबद्ध व्यक्तिहरूलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
१८ वर्ष भन्दा माथिका व्यक्तिहरूले न्यूनतम बीमांक ५० हजार रूपैयाँ राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेशागत व्यक्तिहरू, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत उल्लेख गरिएको छ।
विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, विभिन्न २१ घातक रोगबिरुद्धको रक्षावरण सहित किन्न सकिने यो बीमा घरबाटै अनलाइनमार्फत सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने व्यवस्था कम्पनीले गरेको छ।
साथै बीमाशुल्कको भुक्तानी बीमितको इच्छा अनुसार एकैपटक वा नियमित रुपमा तिर्न सकिनेछ।
कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्ता मार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।