सोमबार र मंगलबार दुई दिनमा नेप्से परिसूचक ११७ अंकले घटेको छ।
सोमबार ५९.०२ अंक र मंगलबार ५८.९३ अंक गरी यो दुई दिनमा नेप्से ११७.९५ अंकले घटेको छ।
यसदिन नेप्से २४७०.३९ विन्दुमा बन्द भएको छ।
यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा थोरै वृद्धि भएको छ।
सोमबार पाँच अर्ब ६६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन पाँच अर्ब ६८ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०९ वटा धितोपत्रको एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १० कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.८३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८७९ रूपैयाँ कायम भएको छ।
यसैगरी, एनआइबिएल ग्रोथ फण्डको मूल्य ४.८५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य १० रूपैयाँ १७ पैसा पुगेको छ।
यस्तै, हिमालयन हाइड्रोपावको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४९२ रूपैयाँ ३० पैसामा झरेको छ।
नेपाल फाइनान्सको मूल्य ८.७४ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २९५ रूपैयाँ ९० पैसा कायम भएको छ।
मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३०१ रूपैयाँमा १८ करोड ४१ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५० रूपैयाँ १० पैसामा १७ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशतले घटेको छ।