फेसबुक, ट्विटर, क्लब हाउस जस्ता सामाजिक सञ्जार र आमसञ्चार माध्यममा विश्लेषक भनेर आउने व्यक्तिहरूले दिने जानकारीको आधारमा मात्रै लगानी नगर्न नेप्सेले लगानीकर्ताहरूलाई सचेत गराएको छ।
यसरी लगानी गरिदा जोखिममा पर्न सकिने भएकोले यथार्थ बुझेर मात्रै लगानी गर्न नेप्सेले लगानीकर्तालाई सुझाएको हो।
नेपालमा हालसम्म कसैलाई पनि आधिकारिक विश्लेषकको रूपमा तोक्ने नगरिएको समेत नेप्सेले स्पष्ट पारेको छ।