नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३१ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ ७६ पैसा र बिक्रीमा १४९ रूपैयाँ ४३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७६ रूपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ७७ पैसा र बिक्रीमा ९१ रूपैयाँ १८ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ४२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३१ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३१ रूपैयाँ ६५ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ५९ पैसा र बिक्रीमा ४४० रूपैयाँ ५६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३६ पैसा तोकिएको छ।