साहस ऊर्जाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
साथै, कम्पनीले बोनस वितरणपछि कायम हुने चुक्तापुँजीको १:१ को अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा बोलाएको छ।
सधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने भएको छ।
बुक क्लोजको आधारमा असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश तथा सभामा भाग लिन पाउनेछन्।