जनता बैंकले नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई व्यायाम मेसिन हस्तान्तरण गरिएको छ।
पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको व्यायाम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको बैंकले बताएको छ।
बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरेका थिए।
मेशिन हस्तान्तरणको अवसरमा सस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनिहरुलाई उचित परामर्श दिन सकेमा उनिहरुले पनि समाजको लागि कार्य गर्न सक्ने हुँदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताए।