मेगा बैंकले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा विस्तार गरेको छ। पोखरा महानगरपालिकाको तालचोक र कुष्माको लोकतान्त्रिक चोकमा शाखा विस्तार भएको बैंकले जनाएको छ।
लेखनाथ शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक संचालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा उद्घाटन गरे। कम्पनी सचिव तुलसीराम पोखरेलका अनुसार जेठ १२ मा आंशिक सेवा प्रारम्भ भएयता ११ सय खाता खोल्न बैंक सफल भइसकेको छ।
यसैगरी, कुष्मा शाखाको मेगा बैंक संचालक समितिका सदस्य इन्द्रबहादुर मल्ल ठकुरी र कुष्मा उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले संयुक्त रुपमा उद्घाटन गरे। जेठ १४ गतेबाट सफ्ट लञ्च भई सेवा प्रारम्भ गरेको यस शाखाले यो अवधिमा २ हजार ४४ वटा खाता खोल्न सफल भएको बैंकको दावी छ।
लेखनाथ र कुष्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ शाखा पुगेको छ। अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी छ।