आइतबार शेयर बजारको परिसुचक नेप्से ८ अंकले घटेको छ। आज १६१ कम्पनीको ४० करोड ३५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।
यस दिन बैंकिङ ११, जलविद्युत १, फाइनान्स ५, अन्य ८ र माइक्रोफाइनान्स ४ अंकले घटेका छन्। त्यस्तै व्यापार ०.७, होटल ३५, विकास बैंक ४, बीमा २ र उत्पादन उपसुचक ८ अंकले बढेका छन्।
कारोबारका आधारमा राष्ट्रिय बीमा कम्पनी अग्र स्थानमा रह्यो। यसको १ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भयो।
यस दिन स्वदेशी लघुवित्तका लगानीकर्ताले सबै भन्दा धेरै नाफा कमाए। यसका लगानीकर्ताले ९ प्रतिशत कमाए। त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत कमाए।
त्यस्तै बरुण हाएड्रोपावरका लगानीकर्ता गुमाउनेमा अग्र स्थानमा रहे। यसका लगानीकर्ताले सबै भन्दा धेरै ७ प्रतिशत गुमाए। त्यस्तै जानकी फाइनान्स र युनाइटेड मोदि हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशत गुमाए।