नेप्से दोहोरो अंकले बढ्यो


मंगलबार शेयर बजारको परिसुचक नेप्से ३३ अंकले बढेको छ।

यस दिन १६६ कम्पनीको ९६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यो कारोबार अघिल्लो दिनको तुलनामा ३९ करोड रुपैयाँले बढि हो।

यस दिन ब्यापार ५ अंकले घटे बाहेक सबै उपसुचकहरु बढेका छन्।

बैंकिङ १२, होटल ८६, बिकास बैंक ३५, जलविद्युत ४०, फाइनान्स ८, बीमा ३६०, उत्पादन ५४, अन्य २१ र माइक्रोफाइनान्स उपसुचक १२० अंकले बढेका छन्।

यस दिन कारोबारका आधारमा सुर्या लाइफ इन्सुरेन्स अग्र स्थानमा रह्यो। यसको ५ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

त्यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भयो।

धेरै नाफा कमाउनेमा महिला सहायता माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्सुरेन्स र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ता अग्र स्थानमा रहे। यसका लगानीकर्ताले १० प्रतिशत कमाए।

त्यस्तै सहयोगी बिकास बैंकका लगानीकर्ताले ४ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.