कोहलपुरमा जनता बैंक


जनता बैंकले बाँकेको कोहलपुरमा शाखा संचालन गरेको छ।

कोहलपुर, बाँकेमा रहेको यस शाखा बैंकको १०८औं शाखा रहेको बैंकले जनाएको छ। बैंकका अनुसार यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने छ।

यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेका जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.