नेप्से १७ अंकले बढ्यो


शेयर बजारको परिसुचक नेप्से १७ अंकले बढेको छ।

सोमबार १६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस दिन अन्य उपसुचक १ अंकले घटे बाहेक सबै उपसुचकहरु बढेका छन्।

बैंकिङ ४, होटल ५२, बिकास बैंक १६, जलविद्युत १२, फाइनान्स १४, बीमा २९३, उत्पादन ११ र माइक्रोफाइनान्स उपसुचक ७२ अंकले बढेका छन्।

यस दिन कारोबारका आधारमा प्रभु इन्सुरेन्स कम्पनी अग्र स्थानमा रह्यो। यसको २ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै प्रिमियर इन्सुरेन्सको २ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

नाफा कमाउने कम्पनीमा प्रुडेन्सियल इन्सुरेन्सका लगानीकर्ता अग्र स्गानमा रहे। यसका लगानीकर्ताले सबै भन्दा धेरै १० प्रतिशत कमाए।

त्यस्तै ग्लोबल आइएमइ लघुवित्तका लगानीकर्ताले ९ प्रतिशत कमाएर कमाउनेमा अग्र स्थानमा रहे।

यस दिन नेपाल लाइफ इन्सुरेन्स प्रमोटर शेयरका लगानीकर्ताले सबै भन्दा धेरै ९ प्रतिशत गुमाए। त्यस्तै राधि विद्युत कम्पनीका लगानीकर्ताले ३ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.