नेप्से २ अंकले बढ्यो


शेयर बजारको परिसुचक नेप्से २ अंकले बढेको छ। यस दिन १५९ कम्पनीको ३० करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस दिन बैंकिङ २, हाइड्रोपावर ८, फाइनान्स २ र उत्पादन उपसुचक ३ अंकले घटेका छन्।

होटल २२, बिकास बैंक १, बीमा ८३, अन्य ५ र माइक्रोफाइनान्स उपसुचक ११ अंकले बढेका छन्।

यस दिन कारोबारका आधारमा गुराँस लाइफ इन्सुरेन्स अग्र स्थानमा रह्यो। यसको १ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै नबिल बैंकको १ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भयो।

धेरै नाफा कमाउनेमा कोअपरेटिभ बिकास बैंकका लगानीकर्ता अग्र स्थानमा रहे। यसका लगानीकर्ताले ६ प्रतिशत कमाए। त्यस्तै युनाइटेड इन्सुरेन्सका लगानीकर्ताले ५ प्रतिशत कमाएर कमाउनेमा अग्रस्थानमा रहे।

त्यस्तै गुमाउनेमा नेपाल लाइफ इन्सुरेन्स पर्मोटर शेयरका लगानीकर्ता अग्र स्थानमा रहे। यसका लगानीकर्ताले ९ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.