मुक्तिनाथ विकास बैंकको नायव सिइओमा तारा मानन्धर


मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरले आइतबार देखि पदबहाली गरेका छन्।

त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका मानन्धर यस विकास बैंकमा पदवहाली गर्नु अघि प्रभु बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेको बैंकले जनाएको छ।

उनको विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.