इन्टरनेटमार्फत सेयर किनबेचको आदेश लिन ब्रोकरहरुलाई निर्देशन


नेपाल धितोपत्र बोर्डले इन्टरनेटमार्फत सेयर किनबेचको आदेश लिन ब्रोकरहरुलाई निर्देशन दिएको छ।

धितोपत्र दलाल व्यवसायीलाई नयाँ नयाँ सालदेखि नै यस्तो व्यवस्था भनेको बोर्डले पुनः निर्देशन जारी गरेको हो। निर्देशन कार्यान्वयनमा आएपछि सेयर खरिदबिक्रीको आदेश दिन ब्रोकर कार्यालय धाइरहनु पर्दैन।

यसबाट दलाल व्यवसायीको कारोबार सम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न बल पुग्ने बोर्डको भनाइ छ। बोर्डका अनुसार यसबाट
निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोवार प्रणालीको लागि आधार तयार हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.