नबिल बैंकको मोबाइल एप सार्वजनिक


नबिल इन्भेष्टमेन्ट बैंकले अत्याधुनिक नबिल इन्भेष्ट एप सार्वजनिक गरेको छ। यो एप प्ले स्टोरमा उपलब्ध रहेको र आइओएसमा पनि चाँडै आउने बैंकले जनाएको छ।

यस मोबाइल एपबाट नबिल इन्भेष्टमेन्टको डि-म्याट खाता, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस् (पिएम्एस्), सामुहिक लगानी कोष, शेयर बाँडफाँड, शेयर बजार, तथा समसामायिक सुचनाहरु जहाँबाट पनि सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार मोबाइल एप मार्फत डि-म्याट खाता तथा पिएम्एस्को सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सकिन्छ।

बैंकले छिटै एप मार्फत डि-म्याट खाता खोल्न सक्ने तथा अनलाइन पेमेन्ट गर्न सक्ने जस्ता अत्याधुनिक सुविधाहरूसंचालन गर्ने योजना अगाडि सारेको जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.