नेप्से ४ अंकले बढ्यो


शेयर बजारको परिसुचक नेप्से ४ अंकले बढेको छ। यस दिन १६५ कम्पनीको ४४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो।

यस दिन बैंकिङ १ र फाइनान्स ५ अंकले घटे बाहेक अरु उपसुचकहरु बढेका छन्। यस दिन होटल १९, विकास बैंक ११, जलविद्युत ०.६, बीमा ७९, उत्पादन ३८, अन्य ४ र माइक्रोफाइनान्स उपसुचक १० अंकले बढेका छन्।

यस दिन कारोबारको आधारमा नबिल बैंक प्रमोटर शेयर अग्र स्थानमा रह्यो। यसको २ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै ओम विकास बैंकको १ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

यस दिन प्रिमियर इन्सुरेन्सका लगानीकर्ताले ६ प्रतिशत कमाए। त्यस्तै सुर्य लाइफ इन्सुरेन्सका लगानीकर्ताले ५ प्रतिशत कमाएर कमाउनेमा अग्र स्थानमा रहे।

नेपाल लाइफ इन्सुरेन्स प्रमोटर शेयरका लगानीकर्ताले सबै भन्दा धेरै ९ प्रतिशत गुमाएर गुमाउनेमा अग्र स्थानमा रहे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.