मेगा बैंकको सर्वप्रिय बचतमा निःशुल्क सेवा


मेगा बैंकले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ।

मेगा बैंकले सर्वप्रिय बचत खातामा ८ प्रतिशत ब्याज दिने अफर संचालनमा ल्याएको हो। यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने बैंकले जनाएको छ।

बैंकका अनुसार निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन्।

यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ। लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको बैंकले जनाएको छ।

यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको बताएको छ।

बैंकका अनुसार ५ लाख न्यूनतम बचत जम्मा गनुपर्ने मुद्दति खातामा १० प्रतिशत ब्याज अहिले पनि संचालनमा रहेको छ।

बैंकले ८ प्रतिशत ब्याजदर पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउने जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.