सिद्दार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग


सिद्दार्थ बैंकले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको ४४ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रिया गर्न १ लाख १० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त सहयोग रकम एक समारोहका बीच बैंकका नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले माननीय रक्षा मन्त्री ईश्वर पोखरेलको समुपस्तिथीमा नेपाल आँखा अस्पतालका अध्यक्ष विश्व कान्त मैनालीलाइ हस्तान्तरण गरेको बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.