नेप्से १७ अंकले घट्यो


शेयर बजारको परिसुचक नेप्से १७ अंकले घटेको छ। यस दिन १६० कम्पनीको ३४ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्से सुचकांक १२७० अंकमा कायम भएको छ। यस दिन सबै उपसुचकहरु घटेका छन्।

बैंकिङ १५, होटल ४, बिकास बैंक १७, जलविद्युत ४०, फाइनान्स ३, बीमा ९४, उत्पादन ६९, अन्य ३ र माइक्रोफाइनान्स उपसुचक २६ अंकले घटेका छन्।

यस दिन कारोबारको आधारमा बुटवल पावर कम्पनी अग्र स्थानमा रह्यो। यसको १ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै नबिल बैंकको १ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भयो।

धेरै नाफा कमाउनेमा स्वदेशी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता अग्रस्थानमा रहे। यसका लगानीकर्ताले सबै भन्दा धेरै ७ प्रतिशत कमाए।

त्यस्तै उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाएर कमाउनेमा अग्र स्थानमा रहे।

हाम्रो विकास बैंकका लगानीकर्ताले सबै भन्दा धेरै ७ प्रतिशत गुमाए। त्यस्तै गुमाउनेमा तारागन रेजेन्सी होटलका लगानीकर्ताले ६ प्रतिशत गुमाएर गुमाउनेमा अग्र स्थानमा रहे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.