आइएमई जनरल इन्स्योरेन्स र किसान बिच बीमा सम्झौता


आइएमई जनरल इन्स्योरेन्स र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ बिच संघसंग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरे।

यस सम्झौता पश्चात नेपाल मौरीपालन केन्द्रीय सहकारी संघसंग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुने जनाइएको छ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मीले मौरीको बीमा गर्ने बीमालेख भएतापनि खासै मौरीपालक कृषकले मौरीको बीमा गराईनसकेकोे अवस्थामा संघसंगको संझौताबाट मौरीपालक कृषकले आफ्ना मौरीको बीमा गरी ढुक्कसंग आफनो व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.