कुमारी बैंकद्वारा गौशाला निर्माणमा सहयोग


कुमारी बैंकले गोदावरी धाम स्थित मन्दिर मर्मत र गौशाला निर्माणका लागी जस्तापाता सहयोग गरेको छ।

बैंकका धनगढी र अत्तरिया शाखाका प्रबन्धकले संयुक्त रुपमा ३० थान जस्तापाता मन्दिरका महन्तलाई प्रदान गरेको बैंकले जनाएको छ।

यसै उपलक्ष्यमा बैंकले साता व्यापी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ।

हाल बैंकले ७२ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएमद्वारा आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराईरहेको जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.