लक्ष्मी बैंकको भिसा कार्डबाट अनलाइन सपिङ गर्न मिल्ने


लक्ष्मी बैंकले भेरिफाइड भिसा थ्रिडी सेक्योर सर्भिस सहितको भिसा डेबिट कार्ड संचालनमा ल्याएको छ।

यो कार्ड एक पटक रजिस्टर्ड गरे पछि भिसा डेबिट कार्डका प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा अनलाइन इ-कमर्श को कारोवार गर्न सक्ने बैंकले बताएको छ।

उक्त सेवा सुचारु गर्नको लागि बैकका भिजा डेबिट कार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको वेभसाइट www.laxmibank.com  मा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सकिने बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.