सिद्धार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता


सिद्धार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता भएको छ।

बैंक र इन्स्योरेन्सबीच एक विशेष कार्यक्रमका बीच सो सम्झौतापत्र हस्ताक्षर सम्पन्न भयो। सम्झौतापत्रमा सिद्घार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्याल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे।

सम्झौतापछि सिद्धार्थ बैंकका ग्राहकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबि भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा लिन सक्ने सम्झौतामा उल्लेख गरिएको छ।

बैंकले १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटिएम र ६८७ पिओएस मेसिन मार्फतसेवा प्रदान गर्दै आएको जनाएको छ।

आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप ८७ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी ७९ अर्ब २९ करोड रुपैयाँ गरेको छ भने सोही अवधीमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सक्षम भएको बताएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.