नेप्से ६ अंकले घट्यो, कारोबार बढ्यो


शेयर बजारको परिसुचक नेप्से ६ अंकले घटेको छ। यस दिन १६९ कम्पनीको ९४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यो कारोबार अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँले बढि हो।

यस दिन व्यापार स्थिर र अन्य २ अंकले बढे बाहेक सबै उपसुचकहरु घटेका छन्। बजारको पुँजीकरण १५ खर्ब ९ अर्ब कायम भएको छ।

बैंकिङ ५, होटल ३६, बिकास बैंक १८, जलविद्युत २८, फाइनान्स ०.६, बीमा २९, अन्य २१ र माइक्रोफाइनान्स उपसुचक ६ अंकले घटेका छन्।

यस दिन कारोबारका आधारमा बैंक अफ काठमाडौं पर्मोटर शेयर अग्र स्थानमा रह्यो। यसको १२ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। नबिल बैंकको ३ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भयो।

त्यस्तै शृजना फाइनान्स र सुर्योदय लघुवित्त वित्तय संस्थाका लगानीकर्ताले सबै भन्दा धेरै ९ प्रतिशत कमाए।

गुमाउनेमा कर्पोरेट बिकास बैंकका लगानीकर्ता अगाडि रहे। यसका लगानीकर्ताले ९ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.