सिभिल बैंकले तीन पाङग्रे सवारी खरीदमा ७० प्रतिशत ऋिण दिने


सिभिल बैंकले विपन्न वर्ग कर्जा कार्यक्रमको सीमालाई प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोवाईल्ससंग सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ विजिनेस अफिसर सुजित कुमार शाक्य र विवेक अटोमोवाईल्सको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरे।

नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागी अति उपयुक्त तथा प्रभावकारी साधनको रुपमा प्रयोग तीन पांग्रे सवारी साधनलाई लिईन्छ।

सानो पुँजीको लगानीबाटै शुरुवात गर्न सकिने भएकाले यस सम्झौता अनुरुप ईटालियन ब्राण्डको तीन पाङ्ग्रे सवारी साधन “पियाजो” खरिदमा सरल र छरिटो तवरले ७० प्रतिशतसम्म कर्जा प्रदान गर्ने बैंकले जनाएको छ।

यस सम्झौताबाट बैंकले नेपालमा रहेका बेरोजगार यूवाहरुलाई रोजगारीको सृजना गर्न सहज बाटो खुलाइदिएको बैंकका चिफ विजिनेस अफिसर सुजित कुमार शाक्यले बताए।

बैंकले यस अघि पनि आफ्नो ५९ शाखा तथा ९ शाखा रहित बैंकिङ सेवा मार्फत विपन्न वर्ग कर्जा परिचालन गर्दै आइरहेको जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.