नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एभरेष्ट बैंकका ग्राहकहरूलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले बैंकासुरेन्ससम्बन्धी सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कर्पोरेट मार्केटिङ पवन कुमार खड्का र एभरेष्ट बैंकका तर्फबाट नायब महाप्रबन्धक केशव राज पौडेलले एक कार्यक्रमबीच हस्ताक्षर गरे।

यो सम्झौतासँगै अब एभरेष्ट बैंकका नेपालभर रहेका सबै शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटोछरितो तथा सहज रूपमा बीमालेख प्राप्त गर्न र बीमा शुल्क भुक्तानी गर्न सहज हुनुका साथै, जीवन बीमासम्बन्धी सम्पूर्ण सेवासुबिधा प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ।

कम्पनीले १ सय २४ भन्दा बढी शाखा तथा उपशाखा मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ।

यस कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ, चुक्तापूँजी ३ अर्ब ९ करोड रुपैयाँ रहेको जनाएको छ। त्यस्तै यस कम्पनीको लगानी ५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ४८ अर्ब रुपैयाँ रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.