नेप्से २४ अंकले घट्यो


आइतबार शेयर बजारको परिसुचक नेप्से २४ अंकले झरेको छ।

यस दिन १५७ कम्पनीको ३१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भयो। आज सबै उपसुचकहरु घटेका छन्।

बैंकिङ २२, होटल २७, बिकास बैंक ३६, जलविद्युत ३७, फाइनान्स ७, बीमा १४८, उत्पादन १५, अन्य ५ र माइक्रोफाइनान्स २६ अंकले घटेका छन्।

यस दिन स्टान्डर्ड चाटर्ड बैंकको १ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै नविल कैंकको १ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

त्यस्तै तिनाउ बिकास बैंक र स्वदेशी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबै भन्दा धेरै ३ प्रतिशत कमाए।

त्यस्तै एनएमबि हाब्रिड फण्डका लगानीकर्ताले सबै भन्दा बढि ६ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.