सिभिल बैंकको शाखा लमजुङमा


सिभिल बैंकले आफ्नो ५९औं शाखालमजुङ बेसीशहर, त्रीवेणी टोलमा स्थापना गरेको छ।

सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालले गरे।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डा.चिरंजीवि नेपालले ग्रामीण भेगमा बैंकको शाखाबिस्तार हुँदाबित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा बताए।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासकालागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रितसेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार एवं व्यवसाय अभिवृद्वि गर्दै जाने बताए।

सिभिल बैंकले हालसम्म २ लाख भन्दा बढी ग्राहकहरु रहेको ३७अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करीव ३६ अर्व रुपैयाँ कर्जा लगानी गरेको बताएको छ।

लमजुङ बेसीशहर शाखासहित यस बैंकको लमजुङ जिल्लामा ५ शाखा र कुलशाखा संख्या ५९ पुगेकोे बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.