एनआईसी एसिया बैंककोे इलाममा शाखारहित बैंकिङ्क सेवा


एनआईसी एशिया बैंकले चौैंथो शाखारहित बैंकिङ्ग सेवा घट्टाबजार, गोदक, इलाममा संचालन गरेको छ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन इलाम नगरपालिका १० का मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरे। उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको जनाएको छ।

यस शाखा रहित बैंकिङ सेवा मार्फत स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, महशुल भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न बैंकले जनाएको छ।

बैंकले १८७ शाखा, १९० एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट मार्फत सेवा दिइरहेको जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.