नेप्से दोहोरो अंकले बढ्यो


विहिबार शेयर बजारको परिसुचक नेप्से १५ अंकले बढेको छ।

यस दिन १६४ कम्पनीको ३८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। आज ब्यापार ३ र अन्य उपसुचक ०.०३ अंकले घटे बाहेक सबै उपसुचकहरु बढेका छन्।

बैंकिङ १५, होटल ८, बिकास बैंक २०, जलविद्युत ४१, फाइनान्स ५, वीमा ६६, उत्पादन १० र माइक्रोफाइनान्स उपसुचक १९ अंकले घटेका छन्।

यस दिन मेगा बैंकको पर्मोटर सेयरको ३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै नविल कैंकको १ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

त्यस्तै धेरै नाफा कमाउने कम्पनीमा राधि विद्युत कम्पनीका लगानीकर्ता अग्रस्थानमा रहे। जसका लगानीकर्ताले ९ प्रतिशत कमाए।

काबेली बिकास बैंकका लगानीकर्ताले सबै भन्दा धेरै ५ प्रतिशत कमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.