माछापुच्छ्रे बैंकद्वारा खाद्य तथा पोषाक वितरण


माछापुच्छ्रे बैंकले निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३, कैलालीमा खाद्य तथा पोषाक वितरण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई माछापुच्छ्रे बैंक–धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथै कपी, चकटी, चामल, तेल, चिनी तथा फलफूल हस्तान्तरण गरेको जनाएको छ।

बैंकले ६२ वटा शाखा, ८६ वटा एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट सेवा प्रदान गरीरहेको जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.