नेपाल बङ्गलादेश बैंकद्वारा महानगरीय प्रहरीलाई सहयोग


नेपाल बङ्गलादेशल बैंकले महानगरीय प्रहरी परिसर काठमाडौंलाई १८ लाख ६० हजारको रकम हस्तान्तरण गरेको छ।

मङ्गलबार बैंकका प्रतिनिधि, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र महानगरीय प्रहरी परिसर काठमाडौंको तर्फबाट प्रमुख एसएसपी विश्वराज पोखरेलद्वारा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो।

सो रकम परिसरले प्रत्येक महिना उत्कृष्ट काम गर्ने सिपाही देखि डिएसपीसम्मका ६ जनालाई पुरस्कृत गर्ने जनाएको छ।

बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.