नेप्से २ अंकले घट्यो


शेयर बजारको परिसुचक नेप्से बुधबार २ अंकले घटेको छ। यस दिन १६२ कम्पनीको ५१ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भयो।

यस दिन बैंकिङ २, बिकास बैंक १, उत्पादन १४ र अन्य २ अंकले बढेका छन्। त्यस्तै ब्यापार ४, होटल १८, जलविद्युत २१, फाइनान्स ५, वीमा ९१ र माइक्रोफाइनान्स उपसुचक २९ अंकले घटेका छन्।

धेरै रकमको कारोबार हुनेमा युनिलिभर कम्पनी अगाडी रह्यो। यसको २ करोड ५८ लाख बराबरको शेयर कारोबार भयो।

धेरै नाफा कमाउनेमा राधि विद्युत कम्पनीका लगानीकर्ता अग्र स्थानमा रह्यो। यसका लगानीकर्ताले १० प्रतिशत कमाए। त्यस्तै कर्पोरेट विकास बैंकका लगानीकर्ताले ९ प्रतिशत कमाए।

ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबै भन्दा बढि ८ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.