सुन २ सयले घट्यो


बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्ला तीन दिन सम्म बर्षकै उच्च ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज बुधबार सुनको मूल्य प्रतितोला २ सयले घटेर ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो फाइन सुनको मूल्य हो। तेजाबी सुनको मूल्य ५८ हजार रुपैयाँ रहेको छ।

अघिल्लो बिहिबार प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ६ दिन पछि आज पनि सोहि मूल्यमा कारोबार भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.