नेप्से हरियो अंकमा


मंगलबार शेयर बजारको परिसुचक नेप्से ३९ अंकले बढेको छ।

यस दिन नेप्से सुचकांक १२०७ अंकमा अडिएको छ।

मंगलबारको कारोबारमा १६६ कम्पनीको ५० करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भयो। यस दिन ब्यापार बाहेक सबै उपसुचकहरु बढेका छन्।

बैंकिङ ३३, होटल १२६, बिकास बैंक ४१, हाइड्रोपावर ६१, फाइनान्स २, वीमा २९३, उत्पादन १४, अन्य ३, माइक्रोफाइनान्स उपसुचक ६५ अंकले बढेका छन्।

यस दिन नेपाल लाइफ इन्सुरेन्सको १० करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै नविल बैंकको २ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

यस दिन एनएमबि माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाए।

त्यस्तै धेरै कमाउनेमा ओरीएन्टल होटलका लगानीकता पनि अग्र स्थानमा रहे । यसका लगानीकर्ताले ९ प्रतिशत कमाए।

त्यस्तै ३ प्रतिशत गुमाएका जानकी फाइनान्स र सिद्दार्थ इक्विटी फण्डका लगानीकर्ता गुमाउनेमा अग्रस्थानमा रहे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.